२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन उपराष्ट्रपति पुनको अपिल

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन सबै देशवासीलाई अनुरोध गरेका छन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भको अवसरमा आज सन्देश दिँदै उनले राष्ट्रिय उत्सवका रूपमा सुरु भएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेका हुन् ।

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङ्खला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ आजदेखि प्रारम्भ हुँदैछ । जनगणना आजदेखि सुरु भई मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

जनगणना तथ्याङ्क प्रणालीको मेरुदण्ड र विकासको आधार भएकाले जनताको जीवनस्तर, कूल जनसङ्ख्या, जातीय, भाषिक, धार्मिक समुदाय तथा भौगोलिक अवस्थितिको जनसङ्ख्या यसैबाट प्राप्त हुने उपराष्ट्रपतिले पुनले बताएका छन् ।

‘जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा नै विकास निर्माणका योजना तर्जुमा, सामाजिक सुरक्षा कार्यक्रम तय, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संविधान प्रदत्त जनताका मौलिक हक अधिकार तथा आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने स्रोतको आकलन गरिन्छ । त्यसैले जनगणना सरकारको मात्रै नभएर आम जनताको आवश्यकता हो’, उनले भने ।

उनले नेपालमा जनगणना सुरु भएको शताब्दी बढी भइसके तापनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना भएकोले बाह्रौँ राष्ट्रिय जनगणनाको विशिष्ट महत्त्व रहेको बताएका छन् ।

उपराष्ट्रपति पुनले जनगणनाका लागि घर आँगनमा आउने गणकलाई निर्धक्क आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपिलसमेत गरेका छन् । उनले राष्ट्रिय जनगणनामा प्रत्येक नेपाली जनताले दिने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण सङ्कलन गर्न सम्पूर्ण गणकलाई आग्रह गरेका छन् ।