राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ दिएर कमलपोखरीमा छठ पूजा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ दिएर कमलपोखरीमा छठ पूजा


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेका छन् ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरे। काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।

छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस