बैतडीमा आगलागीबाट चार लाख ५० हजार बराबरको क्षति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बैतडीमा आगलागीबाट चार लाख ५० हजार बराबरको क्षति


२४ कार्तिक २०७८, बुधबार


आगलागी

बैतडी । बैतडीमा आगलागीबाट चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैँसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दुईकोठे एकतले पक्की गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब तीन घण्टामा नियन्त्रणमा लिएको बताइएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस