कपिलवस्तुको दुई पसलमा आगलागी ,९० लाख बढीको क्षति « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कपिलवस्तुको दुई पसलमा आगलागी ,९० लाख बढीको क्षति


२४ कार्तिक २०७८, बुधबार


आगलागी

चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा गए राति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन् ।

चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगलागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन् । दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ ।

फेन्सी पसलको रु ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कम्प्युटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस