युवकको हत्यापछि कैलालीको लम्की बजार तनावग्रस्त « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

युवकको हत्यापछि कैलालीको लम्की बजार तनावग्रस्त


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । धारिलो हतियार प्रहार गरी युवकको हत्या भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ।

हिजो (मंगलबार) राति लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो।

टीकापुरस्थित होटल सिद्धार्थनजिक राति ९ बजे एक समूहले धारिलो हतियार प्रहार गरेर र बडुवालको हत्या गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

युवकको हत्यापछि स्थानीयले लम्की बजारमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर बुधबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

‘स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्, खुलाउन प्रयास भइरहेको छ,’ अधिकारीले भने।

युवकको शव टीकापुर अस्पतालमा राखिएको छ। हत्यामा संलग्न भएको आशङ्कामा पाँच जना पक्राउ परेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

सम्बन्धित समाचार : कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस