सर्वोच्चको गतिरोध हटाउन सरकारले पहल गर्नुपर्छ, समन्वय समिति आवश्यक छैन : नेता सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चको गतिरोध हटाउन सरकारले पहल गर्नुपर्छ, समन्वय समिति आवश्यक छैन : नेता सिंह


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । साथै उनले राजनीतिक समन्वय समिति आवश्यक नरहेको धारणा पनि राखेका छन् ।

गणेशमान सिंहको १०७ औँ जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा नेता सिंहले सो धारणा राखेका हुन् ।

न्यायालयमा देखिएको समस्याको कारण जनतालाई असुविधा भएको भन्दै उनले भने, ‘कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुःख पाइरहेका छन्, संविधानको भावना र मर्म अनुसार विधिसम्मत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’

न्यायालयमा देखिएका समस्या त्यहीभित्रबाट समाधान होस् भनेर मात्र नहुने उनले बताए । ‘सरकार यस विषयमा मूकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’

‘न्यायालयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन । सरकार यस विषयमा मूकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’

अर्को एक प्रसङ्गमा उनले सत्ता गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताए ।

नेता सिंहले भने, ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’

‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस