लोक सेवाले प्राविधिक र स्वास्थ्य सेवाका पदमा खुलायो आवेदन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवाले प्राविधिक र स्वास्थ्य सेवाका पदमा खुलायो आवेदन


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौँ तथा सातौँ तहका पदमा आवेदन माग गरेको छ ।

आज (बुधबार) आयोगले तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै गोरखापत्रमा सूचना निकालेको छ ।

यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ । आयोगले इच्छुकलाई आवेदन दिन आह्वान गरेको छ ।

आवेदन psconline.psc.gov.np मार्फत् दिन सकिनेछ ।

राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक, सङ्घीय संसद् सेवाका प्राविधिक र स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग भएको छ ।

मङ्सिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस