कर्मचारीले तलब नपाएपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीले तलब नपाएपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द


२३ कार्तिक २०७८, मंगलबार


सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो ।

कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल धाउन बाध्य छन् ।

“सामान्य बिरामी हुँदा पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उनले भने । स्वास्थ्य चौकीका लागि प्रदेश सरकारले एक एक अहेब र अनमी खटाएको छ । उनीहरुले तलब पाउन नसक्दा काम गर्न छाडेका हुन् । खर्पेगाउँ स्वास्थ्य चौकीबाट एक कर्मचारी खटाए पनि उनले काम गर्न सकेका छैनन् । प्रदेश सरकारले साउनदेखि तलब दिन नसक्दा स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस