माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौँमा नै गर्ने निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौँमा नै गर्ने निर्णय


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको पुस ११ गतेदेखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय महाधिवेशन काठमाडौँमा नै गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ भने प्रदेश पदाधिकारीहरुको सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरी टुंगो लगाउने निर्णय गरिएको बताइएको छ ।

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस