शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउँदै सरकार, ठाउँ खोज्न समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउँदै सरकार, ठाउँ खोज्न समिति गठन


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई दुई महिनाभित्र जग्गा खोज्न समय दिइएको छ ।

समितिले देशका विभिन्न क्षेत्रमा पुगेर जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । काठमाडौँ, चितवनलगायत ठाउँमा जग्गा खोज्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस