तालिबानद्वारा सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तालिबानद्वारा सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत


२३ कार्तिक २०७८, मंगलबार


काबुल । तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् ।

द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको खामा प्रेसलाई बताएका छन् ।

अफगान जनताका लागि मानवीय सहायतामा पहुँच प्रदान गर्न बर्लिनले जर्मन कूटनीतिज्ञहरूलाई फिर्ता गर्ने र युद्धग्रस्त देशमा काम पुनः सुरु गर्नेबारे छलफल गरेको जनाइएको छ ।

अफगानिस्तानका लागि जर्मन क्याबिनेटका विशेष दूत, मार्कस पोट्जेलले आगामी दिनमा काबुलको भ्रमण गर्ने र तालिबानसँग देशमा जर्मन कूटनीतिज्ञहरूको काम पुनः सुरु गर्नेबारे छलफल हुने स्रोतले जानकारी दिएका छन् ।

अगस्ट १५ मा तालिबानले काबुलमाथि कब्जा जमाएपछि, पोटजेल दोहामा बसोबास गर्दै आएका छन् र त्यहीँबाट उनले अफगानिस्तानको अवस्थाको अध्ययन गरिरहेको खामा प्रेसले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस