पूर्व मुख्यसचिव डा. सुवेदीको ‘नेपालमा सङ्घीयता’ पुस्तक बजारमा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

पूर्व मुख्यसचिव डा. सुवेदीको ‘नेपालमा सङ्घीयता’ पुस्तक बजारमा


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीको नेपालमा सङ्घीयता पुस्तक बजारमा आएको छ ।

अनुभव, अवलोकन र अनुभूतिका आधारमा लेखिएको पुस्तकमा सङ्घीयताको सैद्धान्तिक पक्ष र अभ्यास, नेपालमा सङ्घीयता कार्यान्वयन र जनशक्ति व्यवस्थापन, नेपालमा सङ्घीयता जबाफदेही, सङ्घीयता कार्यान्वयनमा देखिएको चुनौती र सामना, सङ्घीयतामा स्थानीय राजश्व परिचालनलगायत विभिन्न ३१ वटा खण्डहरू समावेश छन् ।

सङ्घीयताका विज्ञसमेत मानिने पूर्व मुख्यसचिव सुवेदीले सङ्घीय शासन व्यवस्थाका सबै पक्षहरूलाई मिहिन ढङ्गले केलाएका छन् ।

सङ्घीयताबारे बुझ्ने अध्ययन गर्नेहरूका लागि यो पुस्तक निकै उपयोगी हुने विश्वास लेखकको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस