सरकारले थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सरकारले थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सरकारले एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।

हिजो (सोमबार) मन्त्रिपरिषदबाट खोप खरिद गर्ने निर्णय भइसकेको छ।

मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जनाएको छ। यो खोप बालबालिकालाई पनि लगाउन मिल्ने भएकोले खरिद गर्न लागिएको हो।

करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्न लागिएको छ। १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको छ।

सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाइसक्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्ध खोप लगाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस