प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले थप कार्यक्रम घोषणा गरेको छ । आज (सोमबार) बसेको बारको कार्यसमिति बैठकले सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई विस्तार गर्ने निर्णय गरेको हो ।

अब २३ देखि ३० गतेसम्म उपत्यकाका जिल्ला तथा उच्च अदालत र न्यायाधिकरण बारमा पनि कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ । विहान १० देखि १२ बजेसम्म इजलास नराख्न अदालतहरुलाई अनुरोध गरिएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

उपत्यका बाहिर २८, २९ र ३० गते ९० वटै बार इकाइमा विरोध कार्यक्रम हुनेछ । पौडेलका अनुसार आन्दोलनबारे भ्रम फैलाउन खोजेको भन्दै स्वेतपत्र जारी गर्ने निर्णय पनि बारले गरेको छ ।

बैठकले अहिलेको अवस्थाबारे गम्भीर भएर उपयुक्त कदम चाल्न आग्रह गर्दै प्रधानमन्त्री र संसदहरु रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । साथै प्रधानन्यायाधीश जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुन सदस्यहरुलाई आह्वान समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस