काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् ।
भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा चार दिने भ्रमणका लागि प्रधानसेनापति शर्मा भारत जाने भएका हुन् । प्रधानसेनापति शर्मा यही कात्तिक २६ गतेसम्म नेपाल फर्कने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापति शर्मा इन्डोनेसियाद्वारा निर्मित सेनाकै विमानबाट मंगलबार बिहानै दिल्ली जाने भएका हुन् ।
सेनापति शर्माको भारत भ्रमण टोलीमा बढीमा १५ सदस्य रहने बताइएको छ । तीमध्ये धेरैजसो सेनापतिको सचिवालयका सदस्य रहने छन् ।
प्रधान सेनापति शर्माले भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्