चीनद्वारा नेपाली सेनालाई ३ लाख डोज खोप सहित १० भेन्टिलेटर सहयोग « प्रशासन
Logo ५ माघ २०७८, बुधबार
   

चीनद्वारा नेपाली सेनालाई ३ लाख डोज खोप सहित १० भेन्टिलेटर सहयोग


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिएको छ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस