सत्ता गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सत्ता गठबन्धनको बैठक बस्दै


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज (सोमबार) बस्ने भएको छ ।

सोमबार अपराह्न बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

अपराह्न ५ बजेपछि गठबन्धन बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धन बैठकका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस