दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते


२२ कार्तिक २०७८, सोमबार


बुटवल । दाङको बबइमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका-३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा अन्य १६ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ ।

दाङको बबइ गाउँपालिका-३ ठाडो खोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

सामान्य घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको र गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस