सुस्ताका सीमा क्षेत्रमा गस्ती बढाइयो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुस्ताका सीमा क्षेत्रमा गस्ती बढाइयो


२२ कार्तिक २०७८, सोमबार


पूर्वी नवलपरासी । सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूभागमा ड्रोन उडाएर फर्केपछि सीमा क्षेत्रमा नेपालले सुरक्षा सतर्कता बढाएको छ ।

सुस्तामा एसएसबीले ड्रोन उडाएको भोलिपल्ट आज (सोमबार) बिहानैदेखि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती बढाएको हो ।

सुस्ताको सैनिक टोलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेको छ । ड्रोन उडाइएको क्षेत्र र आसपासमा सोमबार बिहानैदेखि सशस्त्रको गस्ती देखिएको स्थानीय श्याम थापाले जानकारी दिए ।

नेपालको अनुमतिबेगर एसएसबीले आइतबार नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको बाँध (ठोक्कर) को एक नम्बर स्थलबाट नेपाली भू-भागमाथिको आकाशमा ड्रोन उडाएको थियो ।

सशस्त्र प्रहरी बलको टोली बिहान ६ बजेदेखि नै गस्तीमा निस्किएको छ । सीमा क्षेत्रमा निगरानी र भारततर्फबाट अन्य गतिविधि नहोस् भनेर गस्ती बढाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस