सल्यान बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या आठ पुग्यो « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सल्यान बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या आठ पुग्यो


२१ कार्तिक २०७८, आइतबार


सल्यान । सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी छ जानको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दुईजना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिए ।

बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण सङ्कलन गरिरहेको जनाएको छ । दुर्घटनाका कारण खुलिसकेको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस