२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर आगलागी: चार मृतकको पोष्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी

अ+ अ-

काठमाडौँ । ललितपुरको मंगलबारमा भएको आगलागीमा ज्यान गुमाउने चारै जनाको पोष्टमार्टम गरिएको छ । लिखित प्रतिवेदन भने आउन बाँकी छ ।

पाटन अस्पतालका चिकित्सकहरुले दिएको प्रारिम्भक जानकारी अनुसार चारै जनाको मृत्यु निसासिएर भएको छ । स्रोतका अनुसार मृतक लक्ष्मीकृष्ण ताम्राकार र उनकी बुहारी रञ्जना ताम्राकारको शरीरको अधिकांश भाग जलेको छ । नाती निर्जल ताम्रकारको अगाडिको पाटो जलेको पाइएको छ ।

शुक्रबार साँझ म्ह पूजा गरिरहेका वेला घरमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको थियो । घरमा ११ जना थिए, तीमध्ये ५ जनाको उद्दार गरिएको थियो भने दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो ।

अस्पताल लगिएका मध्ये एक जना डिस्चार्ज भएका छन्, अर्का एक जनाको उपचार जारी छ ।

प्रहरीको हालसम्मको अनुसन्धानले तेस्रो तलामा रहेको दियो पर्दामा सल्किएपछि आगो फैलिँदै चौथो तलासम्म पुगेको देखाएको बताइएको छ ।