उदयपुरमा आगलागीबाट एक करोड ५० लाख बराबर क्षति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उदयपुरमा आगलागीबाट एक करोड ५० लाख बराबर क्षति


१९ कार्तिक २०७८, शुक्रबार


आगलागी

उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस