सरकारको हैजाविरुद्धको खोप लगाउने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारको हैजाविरुद्धको खोप लगाउने तयारी


१९ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सरकारले नेपालमा हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको सचिवालयले खोप दिने आश्वासन दिएको बताए ।

डा। पौडेलका अनुसार ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कोलेरा भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको छ ।

सो खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने तयारी छ। खोप एकपटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस