दमक बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

दमक बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी


१९ कार्तिक २०७८, शुक्रबार


आगलागी

दमक । दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।

एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडावर्तन, खाद्यान पूर्णरूपमा नष्ट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस