कपिलवस्तुमा ३१ जना जुवाडे पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कपिलवस्तुमा ३१ जना जुवाडे पक्राउ


१९ कार्तिक २०७८, शुक्रबार


बुटवल । कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना पक्राउ परेका छन् । जिल्लाको दुई ठाउँबाटा ६ लाख बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

जिल्लाको बाणगंगा नगरपालिका(१ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस