काठमाडौँ । सुर्खेतमा पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज (बिहीबार) बिहान सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ झुप्रा खोला जाने बाटो नजिकै पिकअप जिप दुर्घटनामा पर्दा चालकको मृत्यु भएको हो ।
दाङबाट सुर्खेत जाँदै गरेको रा १ च १३१० नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनाबाट दाङ घोराही नगरपालिका वडा नम्बर १३ बस्ने २९ वर्षीय चालक राजु विकको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ३ बस्ने १६ वर्षीय सहचालक लोकेन्द्र सुनार घाइते भएका छन् ।
दुर्घटनापछि उनीहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाँउमा लगिएको थियो ।