चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा गत मंगलबार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द रहेको थियो ।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत् आपूर्ति सुरु भएको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्मर बदलीका साथै अन्य आवश्यक मर्मतको काम सकेर विद्युत् सुरु गरिएको हो ।

यसैबिच भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि चितवन पुगेका थिए । तिहारको समयमा बिजुली नबलेपछि सबस्टेसनको अवस्थाबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस