राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव सिफारिस गर्न बिहिबार समिति गठन गरेको छ । ३ सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप बोर्डका पूर्वसदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाट छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्न मन्त्रालयले दरखास्त पनि आह्वान गरेको छ र यसका लागि ७ दिनको समय तोकेको छ । त्यसअनुसार इच्छुकले योग्यता पुगेकाले आफ्नो छोटकरीमा योजनासहित निवेदन पेस गर्नु पर्नेछ ।

सिफारिस समितिले एक महिनाभित्र तीन नाम सिफारिस गर्नेछ । त्यसकै आधारमा मन्त्रिपरिषद्‍को बैठकले नयाँ सदस्य सचिवको नियुक्ति गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस