तिहारलगत्तै शिक्षकको विज्ञापन खुलाउने तयारीमा आयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तिहारलगत्तै शिक्षकको विज्ञापन खुलाउने तयारीमा आयोग


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगले तीन तहमा पद रिक्त १७ हजार बढी विषयगत शिक्षकका लागि तिहार सकिए लगत्तै विज्ञापन खुलाउने तयारी गरेको हो ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाका अनुसार तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको छ ।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।

नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ ।

संस्कृतमा निमावितर्फको पाठ्यक्रम नबन्दा शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्न समस्या भएको आयोगका सूचना अधिकारी मरहट्टाले जानकारी दिए

Tags :
प्रतिक्रिया दिनुहोस