छात्रा शिक्षा कोषमा जम्मा भएको राजस्वमा फिर्ता गर्ने मन्त्रालयकाे तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छात्रा शिक्षा कोषमा जम्मा भएको राजस्वमा फिर्ता गर्ने मन्त्रालयकाे तयारी


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रा शिक्षा कोषमा जम्मा भएको रकम राजस्वमा फिर्ता गर्ने तयारी गरेको छ ।

मन्त्रालयले कोषमा रहेको करिब ४७ करोड रकम छात्रवृत्तिको लागि प्रयोग नहुने भएपछि राजस्वमा फिर्ता गर्ने तयारी थालेको मन्त्रालयले जनाएको छ ।

शिक्षामा छात्राको पहुँच बढाउनको लागि खडा गरिएको रकम प्रयोगमा नआई मन्त्रालयले फिर्ता गर्ने तयारी अगाडी बढाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन् ‘शिक्षामा छात्राहरुको पहुँच बढाउनका लागि दिनुपर्ने छात्रवृत्तिमा सरकारले कुनै कटौती गरेको छैन । छात्रा शिक्षा कोषबाट दिईएको भन्दा बढी रकम अहिले पाईरहेका छन् ।’

सरकारले विद्यार्थीहरुलाई विभिन्न शिर्षकमा छात्रावृत्ति दिन थालेपछि दोहोरो छात्रावृत्ति दिन नमिल्ने भएकोले छात्रा शिक्षा कोषको रकम राजस्वमा फिर्ता गर्ने तयारी भएको हो ।

उनले भने, ‘सरकारले अहिले विपन्न छात्रवृत्ति, अपांग छात्रवृत्ति, दलित छात्रवृत्ति, आधारभूत तहका छात्रछात्रालाई दिईने छात्रवृत्ति भएपछि दोहोरो गर्नु हुँदैन । त्यसैले छात्रा शिक्षा कोष चाँहि हामीले नचलाउने भन्ने तिर काम गरिराखेको हो । निर्णय प्रकृयामा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस