एकीकृत समाजवादी कर्णाली संसदीय दलको नेतामा चन्द्रबहादुर शाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादी कर्णाली संसदीय दलको नेतामा चन्द्रबहादुर शाही


१७ कार्तिक २०७८, बुधबार


कर्णाली । नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ ।

मुगु प्रदेशसभा क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित उनी पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुन् ।

संसदीय दलले नेता शाहीका नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहार लगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिए । ३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस