काबुलको सैनिक अस्पतालमा आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काबुलको सैनिक अस्पतालमा आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ। अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोट र आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

बन्दूकधारीहरुले एउटा सैनिक अस्पतालमा गराएको विस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर विस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ । विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. सहिद अहदले बताए । दुई ओटा विस्फोटमध्ये एउटा विस्फोट आत्मघाती भएको उनले जानकारी दिए ।

१५ अगस्टमा तालिबानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस