सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीको प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीको प्रदर्शन


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले आज (बुधबार) पनि प्रदर्शन गरेको छ ।

वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका हुन् ।

आज पहिलो चरणको आन्दोलनको कार्यक्रमकोअन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नआएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौँ ।’

अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्दै उनले यी विषयमा छलफल गरेर सार्वजनिक गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस