नेपालगन्ज विमानस्थलको झाडी हटाउन थालियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालगन्ज विमानस्थलको झाडी हटाउन थालियो


१७ कार्तिक २०७८, बुधबार


बाँके । हिजो (मंगलबार) नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएपछि नेपालगन्ज विमानस्थलको झाडी हटाउन थालिएको छ ।

प्रहरी र सेनाले संयुक्त रूपमा आज (बुधबार) बिहान सात बजेदेखि विमानस्थलको झाडी हटाउन सुरु गरिएका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताए ।

‘नेपालगन्ज विमानस्थलभित्र ठुलो झाडी भएकाले बँदेल बस्ने गरेको छ,’ उनले भने, ‘त्यसैले एयरपोर्टमा सफा र व्यवस्थित गर्न झाडी सरसफाइ गर्न थालेका हौँ ।’

यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोक्किने घटना भएका छन् । मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस