लुम्बिनीमा अस्पताल स्थापना गर्ने श्रीलङ्काका राष्ट्रपतिको इच्छा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

लुम्बिनीमा अस्पताल स्थापना गर्ने श्रीलङ्काका राष्ट्रपतिको इच्छा


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । श्रीलङ्काले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा हिजो (मंगलबार) भएको भेटमा श्रीलङ्काका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् ।

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सद्भाव रहने बताएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

भेटवार्तामा दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बढाउने, शैक्षिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, दुई पक्षीय संस्कृति मजबुत बनाउने लगायतका विषयमा पनि कुराकानी भएको सचिव पौड्यालले बताए ।

स्कटल्याण्डमा रहँदा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल-अमेरिकी बिचको द्विपक्षीय र बहुपक्षीय विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

मंगलबार नै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस