कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा


१७ कार्तिक २०७८, बुधबार


सुर्खेत । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुगेका छन् ।

मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनः निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तर्क्रियासमेत गर्नेछन् । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिरोको घटनामा परी ठुलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे ।

गृहमन्त्रीका साथ ती जिल्लाका सांसद, पूर्व मन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस