आजको मौसम : सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ मा हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ मा हिमपातको सम्भावना


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाबाट बुधबार जारी मौसम बुलेटिनमा प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ।

हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जारी बुलेटिनमा भनिएको छ, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ।

Tags :
प्रतिक्रिया दिनुहोस