कोरोनाको कारण रोकिएको अध्ययन पुनः सञ्चालन गर्न सरकारसँग अनुरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाको कारण रोकिएको अध्ययन पुनः सञ्चालन गर्न सरकारसँग अनुरोध


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । विभिन्न सात विद्यार्थी सङ्गठनले कोरोनाका कारण विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको रोकिएको पढाइमा अन्योल भएको भन्दै चीनलगायत अन्य देशसँग कूटनीतिक पहल गरी अध्ययन गर्ने वातावरण मिलाइदिन सरकारसक्ष अनुरोध गरेका छन् ।

विद्यार्थी सङ्गठनहरुले विदेशमा अध्ययन गरिरहेका तर कोरोनाका कारण स्वदेशमा फिर्ता हुनुपरेका विद्यार्थीले पुनः अध्ययन गर्न नपाएका भन्दै हिजो (मंगलबार) परराष्ट्रमन्त्री डा. नारायण खड्कासमक्ष ज्ञापन पत्र बुझाएका हुन ।

सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी विद्यावारिधि, एमडी, एमएस, एमडीएस, एमबीबीएस, इन्जिनियरिङ तथा एमबीएलगायतका कोर्स अध्ययन गर्नबाट वञ्चित हुनुका साथै लगानीसमेत डुब्न लागेको भन्दै तत्काल पुनः अध्ययन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको बताइएको छ ।

यसरी माग गर्नेमा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र नेविसङ्का सभापति राजिव ढुङ्गाना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस