आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।

पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरे ।

‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ’, उनले भने । वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तक्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस