२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभ्य समाजका लागि सबैको समुचित विकास आवश्यक: प्रदेश प्रमुख गुरुङ

अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सभ्य समाज निर्माणका लागि सबै वर्ग र समुदायको समुचित विकास हुनु आवश्यक भएको बताएका छन् ।

पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज आयोजित बृहत् सांस्कृतिक देउसी भैलो कार्यक्रममा उहाँले सबै वर्ग र समुदायको विकासबाट मात्रै राष्ट्रको विकास सम्भव हुने बताए ।

विभिन्न कारणबाट एक्लो महसुस गर्दै मानिस सडक मानवका रूपमा पुग्ने गरेको बताउँदै उनले उनीहरूलाई त्यसबाट मुक्त गर्दै सामाजिक जीवनमा पुनः स्थापित गर्ने काम मानव सेवा आश्रमले गरिरहेको बताए । समाजमा सबैले समान अधिकार उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले एकापसमा हातेमालो गर्दै सहयोगी भावनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले मानव सेवा आश्रमबाट सडक मानवमुक्त समाज निर्माणका लागि चालिएको अभियान प्रशंसनीय भएको बताउँदै मानव सेवा आश्रमलाई कहिल्यै अध्याँरो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भागवत्भाष्कर कमलनयन गौतम, रमण भट्टराई, चिरन बराललगायतले भवन निर्माण अभियानलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।