राजदूतविरुद्ध १० दिने उजुरी आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजदूतविरुद्ध १० दिने उजुरी आह्वान


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ। संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

मङ्गलवार सिंहदरवारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी भए पठाउन १० दिनको समय निर्धारण गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

कर्णका अनुसार संसद् सचिवालयले उजुरी आह्वानका लागि सूचना प्रकाशित गरेको अवधि नाघेपछि सिफारिसमा परेका राजदूतको सुनुवाइ गरी अनुमोदनको प्रक्रिया सुरु हुनेछ ।

११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस