नवउद्यमी महिलालाई बिनाधितो ऋण सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवउद्यमी महिलालाई बिनाधितो ऋण सहयोग


१६ कार्तिक २०७८, मंगलबार


रामपुर । तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग दिने भएको छ । नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न रु पन्ध्र लाख बराबरको ऋण सहयोग उपलब्ध गराइनेछ ।

नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । सो बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगरप्रमुख अशोककुमार शाहीले बताए ।

बैंकले नगरपालिकाका सिफारिसमा ४।६४ प्रतिशत ब्याजदरमा बिनाधितो ५० हजारदेखि १५ लाखसम्म र धितो राखेर धितोको मूल्याङ्कनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारी दिए ।

नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्रमा उद्यमीलाई ऋण उपलब्ध गराइनेछ । यसै महिनादेखि बिनाधितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस