आज प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपात हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपात हुने


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस