तिहारमा घर जाने यात्रुलाई कोरोना खोप लगाउन सुरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तिहारमा घर जाने यात्रुलाई कोरोना खोप लगाउन सुरु


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । तिहार मनाउन काठमाडौँबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

आज (मंगलबार) देखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँ बसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो ।

खोपको यो कार्यक्रम आज (मंगलबार) र भोलि (बुधबार) दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।

खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस