त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १,२०० रुपैयाँमा आरटी–पिसिआर रिपोर्ट « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १,२०० रुपैयाँमा आरटी–पिसिआर रिपोर्ट


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब रु एक हजार २०० मात्रै लिन पाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क घटेको हो ।

वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य गर्नुपर्ने उक्त परीक्षणको शुल्क बढी लिइएको गुनासो व्यापक रुपमा बढेपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमनमा गएका मन्त्री आलेले रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरुबाट लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क रु दुई हजार बढी भएको र तत्काल घटाउन निर्देशन दिएका थिए ।

मन्त्री आलेको निर्देशनपछि आरटी–पिसिआर परीक्षणको शुल्क प्रयोगशालाले रु एक हजार २०० मात्रै लिन पाउने व्यवस्था कायम गरिएको छ ।

त्यसअघि उक्त परीक्षणबापत प्रयोगशालाले रु दुई हजार लिने गरेको यात्रुको आरोप थियो । मन्त्री आलेले आरटी–पिसिआरको शुल्क घटाउन व्यवस्था गर्न निर्देशन दिएसँगै शुल्क घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिए ।

विमानस्थल परिसरभित्र स्टार अस्पताल, टिजी मेडिसिन डिष्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाइग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड डाइग्नोष्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पिसिआरका लागि नमुना सङ्कलन गर्दै आएका थिए ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नुअघि अधिकांश मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर नेगेटिभ आरटी–पिसिआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागू गरेकाले नेपालले ४८ घण्टाअघिको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ ।

यसका लागि विमानस्थलको गोल्डनगेटसँगको आइएमएस बिल्डिङमा आठ वटा प्रयोगशालाले नमुना सङ्कलन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस