प्रदेश १ मा भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश १ मा भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान


१५ कार्तिक २०७८, सोमबार



विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस