राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको छ ।

क्यानले आज (सोमबार) मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो ।

आवेदन दिएका व्यक्तिहरूको छनोट समितिले केही दिनमा अन्तर्वार्ता लिने क्यानले जनाएको छ । क्यानले यही कात्तिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।

मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ ।

ओमानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिजपछि वाटमोरले नेपाली टोलीमा मुख्य प्रशिक्षकको जिम्मेवारी छोडेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस