बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा .बाबुराम भट्टराईविरुद्धको मुद्दामा कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज (सोमबार) नहुने भएको छ ।

गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले बहस नोटसमेत मगाउने गरी अन्तिम सुनुवाइका लागि आज तोकेको थियो ।

बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका लागि मिति तय गरिएको आज न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले नहुने भएको हो ।

न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेकाले आजको निर्णय सुनाउने पेशी स्थगित हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णयमा कारबाही गर्न नसकिने निष्कर्ष निकालेको थियो । तर तत्कालीन मन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यही मन्त्रिपरिषदबाट भएका निर्णयमा अनुसन्धान नहुने तर विभागीय मन्त्रीलाई मुद्दा दायर गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस