नेप्सेमा ५५ अंकको वृद्धि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेप्सेमा ५५ अंकको वृद्धि


१४ कार्तिक २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक ५५।२५ अंकले बढेर २ हजार ८ सय ३७।३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ ।

दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस