आज प्रदेश १‚ बागमती र गण्डकीका केही ठाउँमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज प्रदेश १‚ बागमती र गण्डकीका केही ठाउँमा हल्का वर्षाको सम्भावना


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतबार बिहान पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ ।

मौसमविद् राजु प्रधानाङ्का अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस